नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने निर्वाचीत

२०७८ आश्विन ७, बिहीबार २०:१३ गते २०७८ आश्विन ७, बिहीबार २०:१३ गते २०७८ आश्विन ७, बिहीबार २०:१३ गते

काठमाडौ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने निर्वाचीत भएका छन् ।मंगलबार बिशाल मिलन केन्द्रमा भएको १४ औं अधिवेशनबाट न्यौपानेले १८३ मत पाएर ईकाई सभापतिमा पुनः दोहोरिका हुन् । अधिवेशनले निर्वाचन प्रक्रियाबाट वडा समितिका साथै क्षेत्रीय प्रतिनिधी समेत चयन गरिएको छ ।

वडाको विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका न्याैपाने वि स २०४७ सालमा शङ्करदेव क्याम्पसमा नेविसङ्घको सदस्य समेत भएर निरन्तर २० वर्ष देखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव बन्नुभएको थियो ।

१४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपाने पुनः निर्वाचीत भए पछि न्युज लाइन्स नेपाल डटकमलाई भन्नुभयो ।मलाई वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छु, त्यति नै जिम्मेवारीले थिचिएको महसुस भएको छ। ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले वडा सभापतिमा विजयी गराउनु भएको छ,यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै समाजसेवा मा पनि निरन्तरता दिने छु।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed