श्वेता खड्काको पैसा फिर्ता नगर्ने व्यवसायी पक्राउ

२०७८ आश्विन ८, शुक्रबार २०:३९ गते २०७८ आश्विन ८, शुक्रबार २०:३९ गते २०७८ आश्विन ८, शुक्रबार २०:३९ गते

नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन।

प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई नियन्त्रणमा लिइएको छ।

गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मुद्धा हालेकी थिइन्।

श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई पक्राउ गरेको छ।

एक हप्ताअघि पक्राउ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *