एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको छ । यामाहा कम्पनी’ले ‘रेस फर दि एस’ अफर सार्वजनिक गरेको हो ।यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।
साथै कम्पनीको मोटरसाइकल तथा स्कुटरको ख’रिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न सकिनेछ । ‘रेस फर दि एस’ स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ ।
त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एक’जना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।
नेपाली बजारमा यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्मका विभिन्न ११ मोडेलका बाइक नेपाली ब’जारमा उपलब्ध छन् । मूल्य मोडेल अनुसार फरकफरक रहेको कम्पनीले जनाएको छ ।
जसमध्ये यामाहाको स्यालुटो बाइकको २ लाख २४ हजार ९ सय रुपैया, एसजेट–आरआरको २ लाख ४६ हजार ९ सय रुपैयाँ, एफजेट भीटुको २ लाख ८९ हजार ९ सय रुपैयाँ मूल्य पर्दछ
Views: 0