सम्झौता पत्रमा हस्ताक्षर

२०७८ आश्विन ९, शनिबार ०९:५५ गते २०७८ आश्विन ९, शनिबार ०९:५५ गते २०७८ आश्विन ९, शनिबार ०९:५५ गते

काठमाडौं, १ असोज । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंको धुम्बाराहीमा अवस्थित् अकामा होटेलमा आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाको प्रमुख आतिथ्यतामा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफूले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई उपलब्ध गराउनेछ । सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए । सर्भिस माण्डु र रिटेल सेवा कोरोना भाइरसका कारण लकडाउन भएको समयमा स्थापना भएका संस्था हुन् । सो क्रममा सर्भिस माण्डु र रिटेल सेवाले कोरोनासँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्री व्यक्तिको घरघरमा पुर्याएको थियो ।

अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *