काठमाडौं । कहिले काही त हामीलाई विश्वास नै गर्न नसकिने कुराहरु देख्न पाईन्छ । त्यस्तै एउटा अनौठो दृश्य देख्न पाईएको छ। के तपाईंले कहिल्यै मांसाहारी बाख्रा देख्नु भएको छ ? के तपाईंलाई लाग्छ कि बाख्राले घाँस बाहेक मासु पनि खान्छ ? पक्कै पनि तपाईंले यस्तो कुरा देख्नु भएको छैन ।
तर हालै भाइरल भइरहेको एक भिडियोले तपाईंलाई अचम्ममा पार्नेछ । बाख्राले माछा खाइरहेको एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।
भिडियोमा एउटा बाख्रा टोकरीबाट माछा चपाउँदै गरेको देख्न सकिन्छ । भिडियो हेरेपछि मानिसहरुलाई यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । मांसाहारी बाख्राले सबैलाई चकित बनाएको छ ।
बाख्रा सामान्यतया घाँस, पात वा अन्न खान्छ । तर भिडियोमा देखिएको बाख्रा माछा खाइरहेको छ । मानिसहरु अचम्ममा परेका छन् । बाख्राले माछा खाइरहेको भिडियो इन्स्टाग्राम र ट्विटर लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर हुँदैछ ।
जब कुनै पनि जनावरले केहि असामान्य व्यवहार गर्छ, मानिसहरु त्यसलाई हेर्न चाहन्छन् । त्यसैले यस्ता भिडियोहरु समय समयमा भाइरल भइरहेका हुन्छन् । भिडियो हेर्नुहोस्
Goat eating fish pic.twitter.com/o85jmNR3DY
— UncleRandom (@Random_Uncle_UK) August 29, 2021
Views: 0