८३ के.जि. अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ

२०७८ आश्विन ९, शनिबार १७:२४ गते २०७८ आश्विन ९, शनिबार १७:२४ गते २०७८ आश्विन ९, शनिबार १७:२४ गते

मिति २०७८/०६/०८ गते दिउँसो अं.१५:३० बजे यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोली जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.१६ स्थित पुर्व-पश्चिम राजमार्गबाट काठघाट जाने सडक खण्डमा पुग्दा लागू औषध गाँजा बोकी आएका तस्करहरूले प्रहरी टोलीलाई देखी पिठयुमा बोकी आएको अवैध लागू औषध गाँजाको बोरा फाली भाग्ने क्रममा सो मध्येका ऐ.ऐ. टाङगिया बस्ति टोल बस्ने बर्ष ४१ को रुक बहादुर रुम्बालाई प्रहरीले फेला पारी पक्राउ गरी निज समेत फाली भागेको ४ बोरा (८३ किलो ग्राम) अवैध लागू औषध गाँजा, बा ३७ प ९६८१ नं. को मोटरसाइकल र साइकल थान-१ समेत बरामद गरी फरार भएका अन्य व्यक्तिहरूको खोजतलास तथा पहिचान गरी पक्राउ गर्ने लगायतको थप अनुसन्धान भइरहेको।

 ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट 

मिति २०७८/०६/०९ गते बिहान ०८:०० बजे यस कार्यालय तथा मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.२२ चकरी टोल, वडा नं. १८ लामी डाँडा टोल, फेटा गा.पा.वडा नं.३ स्थित संचालन रहेको २९ वटा अवैध घरेलु मदिरा भट्टीबाट तयारी मदिरा २००० लिटर र कच्चा पदार्थ अ.६,५०० लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरिएको।

“बृहत सरसफाई कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०७८/०६/०९ गते बिहान महागढीमाई नगरपालिका बारा तथा जिल्ला प्रहरी कार्यालय बारा समेतको संयुक्त आयोजना महागढीमाई नगरपालिकाका नगर प्रमु उपेन्द्र प्रसाद यादवको अध्यक्षता एवं जिल्ला प्रशासन कार्यालय बाराका प्र.जि.अ.कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्र.उ.दिपेन्द्र शाही, सस्शत्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, पतञ्जली योगपिठ, स्वास्थयकर्मी, संचारकर्मी, महागढीमाई नगरपालिकाका पदाधिकारी, स्थानिय संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी, विद्यार्थीहरू समेत गरी अ.३०० जना व्यक्तिहरूको सहभागितामा “बृहत सरसफाई कार्यक्रम; अन्तरगत जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.१ स्ततत रहेको महागढीमाई मन्दिर परिसर तथा पोखरीको बृहत सरसफाई सम्पन्न।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *