चोरी पैठारी गरी ल्याएको ६१ थान मोबाइल सहित २ जना पक्राउ

२०७८ आश्विन ९, शनिबार १७:३९ गते २०७८ आश्विन ९, शनिबार १७:३९ गते २०७८ आश्विन ९, शनिबार १७:३९ गते

काठमाडौं, ९ असोज – चोरी पैठारी गरी ल्याएको विभिन्न कम्पनीका ६१ थान मोबाइल सहित २ जनालाई काठमाडौं बल्खुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं शंखमुल बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय अमित कुमार महत्तो रहेका छन् । भारतबाट मोबाइल लगायतका सरसामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *