सिद्धार्थ शुक्लाजस्तै देखिने एक युवक भाइरल, भन्छन्, ‘उनी जीवितै भएको आभाष गराउँछु’

२०७८ आश्विन १०, आईतवार १३:२८ गते २०७८ आश्विन १०, आईतवार १३:२८ गते २०७८ आश्विन १०, आईतवार १३:२८ गते

एजेन्सी – अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको धेरै भएको छैन। उनी निधनबाट प्रशंसक, परिवार र साथीहरु अहिले पनि शोकमा छन्।

यसैबीच सिद्धार्थजस्तै देखिने एक युवक भाइरल भएका छन्। भाइरल भएका युवकको नाम हो चन्दन विलफ्रिन हो। चन्दनले नाम र प्रसिद्धिका लागि दिवंगत अभिनेता सिद्धार्थको नक्कल गरेको भन्दै आलोचना भइरहेको छ।

चन्दनलाई केही मानिसहरुले ‘जुनियर सिद्धार्थ’ का रुपमा व्याख्या गरिरहेका छन्। अहिले उनले अभिनेता सिद्धार्थको डायलगहरुमा लिप्सिङ गर्ने, बिग बोस १३ का केही पलहरुलाई फेरि उतार्नेजस्ता हर्कत गरिरहेका छन्।

जसका कारण सिद्धार्थको याद ताजा भइरहेको छ। चन्दनले सिद्धार्थको नाम पैसा कमाउने चन्दा चलाएको भन्दै केहीले असन्तुष्टि पनि पोखेका छन्। तर, उनी यस्तो कुरालाई मतलव नगर्ने बताउँछन्।

‘यो समय म अभिभूत र भावनाहरुको सम्मिक्षण महसुस गरिरहेको छु। हम्प्टी शर्माकी दुल्हनिँया फिल्म हेरेपछि म सिद्धार्थको फ्यान भएको थिएँ,’ चन्दनले भने, ‘जब उनी बिग बोस १३ मा आए मेरा लागि प्रेरणा बने। मेरो आइडल बने। त्यसकारण मैले टिकटकमा उनको शैलीमा भिडियो बनाउन थालेँ।’

‘कतिले राम्रो प्रतिक्रिया दिएका छन् त कतिले नराम्रो। मलाई भिडियो बनाइरहनु भन्नेहरु पनि छन्। जसबाट मलाई थप प्रेरणा मिलेको छ। जे होस् म मेरो आइडल सिद्धार्थ जीवितै रशेको आभाष गराउँछु,’ उनले भने।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *