काठमान्डौ।। लोकप्रिय मोडल दुर्गेश थापाले करोडौ खर्चिएर काठमान्डौमै आफ्नै घर बनाएका छन।छोरा जन्मिएको एक बर्ष पुग्दै गर्दा दुर्गेश थापाले आफ्नै घर सहितको तस्बिर सार्बजनिक गरेका छन।छोटो समयमा आम नेपालीको मन जितेका छन।
दुर्गेश थापा दोहोरी क्षेत्रबाट सर्बाधिक रुचाइएका मोडल हुन्,उनको बिहे पर्ची तामाङ् सङ बिहे भएको हो।सुटुक्क अन्तरजातीय बिहे गरेका दुर्गेशले ३ बर्ष पछि मात्रै सबै नेपालीलाई जानकारी दिएका थिए।
छोरो जन्मिएपछि उनले फेसबुकमा बिहे भएको खुलासा गरेका थिए।दुर्गेश आफैमा फरक शैलीका कलाकार हुन्,यस अगाडी उनले ६० लाखको कार किनेको समचार निकै चर्चामा थियो भने अहिले करोडौको घर बनाएका हुन्।धेरै पटक बिबादमा आएका थापा उनको कामबाट बढी बिबादित हुने गर्दछन।केहि दिन अगाडी उनले नया गीत पनि ल्याएका छन।
उनलाई दोहोरी प्रतिष्ठानले बहिस्कार गरे पछि सोहि बिषयलाई टार्गेट गरेर बहिस्कार गीत बजारमा ल्याएका हुन्।थापा आफ्नै शैलीको गीत संगीतमा रमाउन चाहन्छन।एक समय ऋषि धमलाले चलाउने कार्यक्रम जनात्ता जान्न चाहन्छनमा उनले गीत गाउने कलाकारको नाम अर्कै भनेपछि र अग्रजकै नाम भुलेपछि उनि बिबादमा तानिएका थिए।
वढी बिबादमा आएर पनि चर्चामा आउने कलाकारमा थापा एक मा पर्छन।बाग्लुङमा जन्मिएका थापा सर्जक बसन्त थापाको भाइ हुन्।सबैले बसन्त थापाको भाई भनेर उनलाई चिन्छन तर थापा आफ्नै भाइ भने हैनन्,उनि पारिवारिक सम्बन्धमा भाइ पर्छन बसन्तको।
फेसबुकमा लेखेका छन :मेरो छोरा ठिक ८ महिना पुगेसङ्गै जिवनलाई अझ व्यवस्थित बनाउने क्रममा आफ्नै निवास लिएको छु । यहाँसम्म आईपुग्न मलाई सधै साथ सहयोग दिने मेरो परिवार,दर्शक भगवानप्रती आभारी छु।
आफुलाई गायक भन्दा पनि बढी मोडल बाट उनि चिनाउन चाहन्छन। दुर्गेशलाइ यो बेला धेरै साथ् भने नायक पल शाहको छ।पल र उनि एकै आमाको छोरा जस्तै गरेर हिड्ने गरेका हुन्छन।उनीहरुको सम्बन्ध देखेर सबै चकित हुन्छन। दुर्गेश थापालाई नया घरको लागि लालीगुराँस डटकम परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ।
Views: 0