भक्तपुरबाट हिँडेका कमानसिंह लामामाथि गेटैमा खुकुरी प्रहार, यस्तो छ अवस्था

२०७८ आश्विन ११, सोमबार ११:१४ गते २०७८ आश्विन ११, सोमबार ११:१४ गते २०७८ आश्विन ११, सोमबार ११:१४ गते

काठमाँडौ, असोज १० – काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।

उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्। उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।

घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।

‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं।’ यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेको प्रहरीले जनाएको छ। मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।

लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। लामाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *