के चर्चित नायिका काजल अग्रवाल गर्भवती भएकी हुन् ?

२०७८ आश्विन ११, सोमबार १५:२४ गते २०७८ आश्विन ११, सोमबार १५:२४ गते २०७८ आश्विन ११, सोमबार १५:२४ गते

एजेन्सी – काजल अग्रवाल बलिउड र साउथ इण्डियन फिल्मका लागि नौलो नाम होइन। उनको फिल्महरुले राम्रो चर्चा बटुलेका छन्। कागजलले गत वर्ष विवाह गरेकी थिइन्।

अहिले उनी गर्भवती रहेको चर्चा चलेको छ। अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन्। फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन्।

काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन्। उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन्। उनले विवाहपछिका दिनहरू पतिसँग रमाइलो गरेर बिताउँदै आएकी छन्।

पछिल्लो केही समययता काजल गर्भवती भएको चर्चा चल्न थालेको छ। नागार्जुनको फिल्ममा काजलले काम नगर्ने भएपछि उनी गर्भवती भएको आशंका झन् बढेको छ। उनी गर्भवती भए नभएको काजलले बताएकी छैनन्। उनी पछिल्लो समय काम गरिरहेको प्रोजेक्ट पनि छिट्टै सकाउने योजनामा छिन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *