खसी बचेर दशैंको गर्जो टारौंला भन्ने थियो

२०७८ आश्विन ११, सोमबार १८:५८ गते २०७८ आश्विन ११, सोमबार १८:५८ गते २०७८ आश्विन ११, सोमबार १८:५८ गते

गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मा रेको छ । खोरभित्र बाँ’धि’एका २३ बाख्रालाई चितुवाले मा’ ‘रेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति ए’क्कासी आएर सबै बाख्रा मा’ ‘रेको पौडेलले बताए । थप एउटा खसी भने फेला नपरेको र अर्को एउटा एक महिनाको पाठी मात्रै ज्युँदो अवस्थामा फेला परेको छ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बाख्रा फार्ममा ढोकामा ताल्चा लगाएर गएका थिए। भेन्टिलेसनका लागि करिब दस फिटमाथि खुल्ला छोडिएको एक/डेढ फिट ठाउँबाट खोरभित्र पसेको र सबै बाख्रा मा’रेपछि फेरि त्यही ठाउँबाट बाहिर निस्किएको देखिएको पौडेलले अनुमान गरे।

‘अब जाडो सिजन आउँदै छ र छिट्टै त्यो खाली ठाउँ पनि तार जा’ली लगाएर बन्द गर्नुपर्ला भनेर सोच बनाएको थिएँ,’ पौडेलले भने ‘त्यही सानो छि’द्रबाट छि’रेर मेरा जम्मै खसी-बाख्रा मा’रे’र लाखौं क्षति गरिदियो।’

उनले झन्डै तीन लाख बढीका खसी बाख्रा चितुवाले एकै रातमा स्वा’हा पारेको बताए। वनका मानिसले स्थानीय सरकार, प्रहरी प्रशासन र भेटनरीबाट क्षतिको विवरण ल्याउन आग्रह गरेको पौडेलले जानकारी दिए। ‘उहाँहरूले आफैं फोन गरेर त्यो कुरा गर्नुभएको हो, पछि हेरौंला भन्नुभएको छ,’ पौडेलले भने, ‘मेरो खोर त रित्तिसक्यो अब फेरि त्यसलाई चलाउन सहायता गरिदिए हुन्थ्यो।’

चितुवाले बाख्रा फार्मको नजिकै खुल्ला ठाउँमा बाँ’धेर राखेका दुई वटा गाई र त्यससँगै रहेका झन्डै डेढ सय जति लोकल कुखुराको खोरमा चितुवाले कुनै पनि असर गरेको छैन। ४/५ वर्षदेखि व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका पौडेलले एक वर्ष पहिलेमात्रै फार्म दर्ता गरेको बताए।

‘दशैं नजिक आइसक्यो र सात वटा खसी बचेर दशैंको गर्जो टारौंला भन्ने थियो,’ पौडेलले भने, ‘छोरी काठमाडौं पढ्छिन् उनले दशैंअगाडि कलेजको फी तिर्नुपर्ने कुरा गरेकी थिइन्। घर आउन पैसा पठाउन भन्दै थिइन्। मैले खसी बेचेर पठाउँछु भनेको थिएँ। अब सबै ब’र्बाद भयो।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *