गायिका समिक्षा अधिकारी बल्ल बोलिन आफु प्रति लागेको आरोपको बारेमा,खास कुरो यस्तोपो रहेछ

२०७८ आश्विन १२, मंगलवार ०२:१२ गते २०७८ आश्विन १२, मंगलवार ०२:१२ गते २०७८ आश्विन १२, मंगलवार ०२:१२ गते

कमल सरगम,काठमान्डौ-अन्तत गायिका समिक्षा अधिकारीले आफुलाई मिडियाले खेदेको बिषयमा फेसबुकमा पोस्ट गरेकी छिन।केहि दिन अगाडी एउटा अन्तरबार्तामा समिक्षाले कलाकारको अपमान गरेको र उनि कार्यक्रम छाडेर हिडेको भन्ने समाचार भाइरल भए संगै उनले आफुले त्यस्तो नगरेको बताएकी छिन।

मिडिया देखि तर्कको न भएर आफ्नो कामको कारण त्यो ठाउँमा लामो समय नबसेको बताएकी छिन।गीत रेकर्डकै दिन आफु हतारमा लिप्सीङ्ग मात्रै दिन गएको र पत्रकार सम्मेलनको बारेमा आफुलाई केहि जानकारी न भएको र उक्त बिषयलाई लिएर मिडियामा गलत प्रचार गरेको भन्दै उनले आपति समेत जनाएकी छिन।

आफ्ना सुभचिन्तकले समेत समीक्षालाई गालि गरिरहेको अबस्थामा उनले आफुलाई जुन रुपमा मिडियाले घमण्डीको ट्याग दिएको छ त्यो गलत रहेको र आफु कर्म प्रति बिश्वास गरेर अगाडी बढेको बताएकी छिन।उनि त्यो दिन आफ्नो गीत रेकर्ड गर्नको लागि स्टुडियो जादै रहेको अबस्थामा त्यो ठाउँ पुगेकी हुन्।

आफैले आवाज दिएको गीतको प्रेस मिटमा सहभागी न भएको बिषयलाई लिएर गायक नेत्र भण्डारीले मिडियामा आक्रोश व्यक्त गरेका थिए।हामीलेनै बनाएको गायिका समीक्षामा घमण्ड बढेको रहेछ भन्दै उनले मिडिया देखि तर्किनु गलत रहेको समेत बताएका थिए। यता समिक्षा आफुलाई मिडियाले गलत रुपमा प्रस्तुत गर्न खोजेको र पनि मिडियाप्रति विश्वास कम हुन थालेको बताएकी छिन।उनले फेसबुकमा यस्तो लेखेकी छिन्:

मिडिया संग तर्कनुपर्ने कुनै कारण नै थिएन, छैन । जति कामको लागि मलाई बोलाइएको हो त्यो सकिएपछी स्टुडियोमा पुग्नैपर्ने थियो त्यसैले म निस्केकी हुँ । त्यहाँ मिडियाका साथिहरू बोलाइएको कुरा मलाई थाहै थिएन । काम सकियो म अर्को कामको लागि निस्किएँ-भएको यत्ती हो ।

अहिले “मिडिया संग तर्केको” या समय नदिएको भनेर किन यसरी आरोप लगाउनुभयो मैले बुझ्नै सकेकी छैन । मैले जानेर बुझेर मिडिया संग तर्केको भए आरोप पनि सहन्थेँ होला । परिस्थिती त्यस्तै पर्यो म त्यहाँबाट निस्कनु नै गल्ती भयो-त्यो गल्तीको यस्तो ठुलो सजाय किन? मलाई एकदमै गाह्रो भइरहेछ-कसरी सम्झाउँ अब ?सत्य कुरा भन्दाभन्दै पनि किन यसरी कन्ट्रोभर्सी सुरु गर्नुभो, मलाई किन यस्तो गर्नुभयो मैले अझै सम्म बुझ्न सकेकै छैन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *