अनेरास्ववियुको सिमरामा क्याम्पस कमिटी गठन

२०७८ आश्विन १२, मंगलवार १३:०९ गते २०७८ आश्विन १२, मंगलवार १३:०९ गते २०७८ आश्विन १२, मंगलवार १३:०९ गते

आश्विन ११ बारा : नेकपा एमाले निकट अनेरास्ववियुको सिमरा कलेजमा अध्ययनरत बिध्यार्थिहरुको प्रारम्भीक कमिटी आज गठन भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सभहलमा सो भेलाको आयोजना गरिएको थियो । सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले विद्यार्थीहरुले नै समाजलाई परिवर्तन गर्ने भएको हुनाले सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले समाजमा भएका विकृति र विसंगति अन्त्य लागि युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यो मुलुकका कर्णधार विद्यार्थीहरुले नै देश निर्माण गर्ने स्पष्ट पर्नु भयो । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले अनेरास्ववियुका सदस्यहरुले गलत र सहिलाई छुट्याएर गलतका विरुद्धमा अगाडि बढ्नुपर्ने कुरा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य त्रिलोक विक्रम शाहले विद्यार्थीले निशुल्क र सर्बशुलभ शिक्षाका लागि पूरा सम्पुर्ण विद्यार्थी एकजुट हुनुपर्ने कुरामा जोड दिनु भयो । आतिश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य मनिश प्याकुरेल,बारा जिल्ला सह सम्योजक कपिल खरेललगएतले बिध्यार्थी हक हित प्राप्तिका लागि गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु इश्वर बस्नेत,आतिस श्रेष्ठ,सुसान्त साह,निर्जल घिमिरे,बिज्ञान क्षेत्रिलगाएतको सहभागीत रहेको थियो ।

भेलाले समिर लुईटेलको अध्यक्षतामा ३१ सदस्सिय प्रारम्भिक कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नितेस घिमिरे सचिवमा सन्तोस दहाल,सहसचिवमा सुगम अर्याल, कोषाध्यक्ष रबिना गौतम रहेका छन् । सदस्यहरुमा गोपाल श्रेष्ठ सन्चिता खनाल लगायत रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *