बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ आश्विन १२, मंगलवार १९:३४ गते २०७८ आश्विन १२, मंगलवार १९:३४ गते २०७८ आश्विन १२, मंगलवार १९:३४ गते

काठमाडौं, १२ असोज – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका-३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालुवाखानीबाट पक्राउ गरेको हो ।

खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *