सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ तथा बरामद

२०७८ आश्विन १२, मंगलवार २०:११ गते २०७८ आश्विन १२, मंगलवार २०:११ गते २०७८ आश्विन १२, मंगलवार २०:११ गते

काठमाडौं, १२ असोज – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पंहेलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-११ ठेगाना भएका ४३ वर्षीय सन्त बिर राई रहेका छन् । समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुन जस्तो देखिने पंहेलो धातुको बाला १४ थान र सिक्री १ थान आइतबार प्रहरीले बरामद गरेको छ । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुले सुनजस्तो देखिने पंहेलो धातुको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।

बरामद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *