भोलि बुधबार सार्वजनिक बिदा

२०७८ आश्विन १२, मंगलवार २०:४१ गते २०७८ आश्विन १२, मंगलवार २०:४१ गते २०७८ आश्विन १२, मंगलवार २०:४१ गते

काठमाडौं । महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार सार्वजनिक बिदा हुने भएको छ । उक्त दिन जितिया पर्व मनाउने कर्मचारीहरुका लागि बिदा हुने भएको हो ।सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ ।

जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर, चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *