काठमाडौं १२ असोज । आफ्नै श्रीमतीको सहयोगमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मा रहेका छन् ।निजले ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । घटनामा निजको ३८ वर्षीय श्रीमतीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ।
आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई जबरजस्ती करणी सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ।
खगेन्द्र खत्री
यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका-३ खोटाङ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल ग्लोबल आई.एम.ई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई उक्त सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
Views: 0