काठमाडौ । प्रदेश २ का मुख्यमन्त्री अख्तियारको घेरामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मा रे को छ। आयोगको बर्दिवासस्थित कार्यालयको टोली बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालय पुगेको छ । टोलीले त्यहाँका कागजात लिएर अध्ययन थालेको छ । मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएका थिए। त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो।
साइकल खरिदमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोली उनको कार्यालयमा पुगेको हो । त्यसमा भएका खरिद र वितरण सम्बन्धी सबै कागजात अख्तियारले लिएर अध्ययन गरेको छ । साइकल खरिद गर्दा गरिएका कागजात नियन्त्रणमा लिइएको छ,’ स्रोतले भन्यो। अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।
जानकी मन्दिरमा १२ करोडको अनियमीतता भएको विषयमा छानवीन प्रक्रिया किन नबढाएको भनि संचारकर्मीहरुको प्रश्नमा त्यसलाई पनि छानवीनको प्रक्रियामा छिटै ल्याइने जानकारि दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको उपसिचिव मेघनाथ रिमालको नेतृत्वमा ६ जनाको टोली मुख्यमन्त्री कार्यालयको करिव दुइ वजे देखि छानवीनमा व्यस्त रहेको देखिएको थियो । प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक वेटी पढाउ वेटी वचाउ अन्तरगत साइकल खरिदमा व्यापक अनियमीतता भएको भनेर विभिन्न संचारमाध्यमहरुमा समाचारहरु आएको
Views: 0