काठमाडौं।नेपाल डेरी एसोसिएसनले नेपालमा विभिन्न कार्यक्रम गरि विश्व स्कुल दुध दिवस सम्पन्न गर्यो । दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ ।मानिसको जन्मने बेलाको प्रथम आहार दुध नै हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपुर्ण कुरा हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारको लागि समेत दुधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । गौतम बुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसम्म सबैले दुधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन्। जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको छ । त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा ती देशहरु आज अग्र पंक्तिमा छन् ।
विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरेको तथ्यांक छ । यस वर्ष विश्वमा २१औं र नेपालमा छैटौं विश्व स्कुल दुध दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा वि.सं.२०७३ सालदेखि नेपाल डेरी एसोसिएशनले पहिलो पटक शुरु गरेको थियो । २०७८ सालमा छैठौं विश्व स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबार यस वर्ष सेप्टेम्बर २९ तारिक अर्थात (२०७८ असोज १३ गते बुधबार) का दिन एसोसिएसनका सबै प्रदेश, जिल्ला,पालिका लगायत ठाउँमा विभिन्न कार्यक्रम गरि २०७८/६/११ गतेदेखि १३ गतेसम्म भब्य रुपमा मनाउन परिपत्र जारी गरिएको थियो।
हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर पुरयाउनु पर्ने अनिवार्यता देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ। विद्यार्थीहरुलाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुनेछ । साथै विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ ।
यस्तो छ कार्यक्रमका उद्देश्यहरु:
- दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन ।
- दुध उपभोग बढाउन ।
- दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन ।
- बालबालिकादेखि वृद्ध वृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने बुझाउन ।
- दुधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन ।
विश्वमा कहिलेदेखि कहाँबाट र नेपालमा कसले शुरुवात गर्यो ?
- विश्वमा सन २००० देखि विश्वको ३० भन्दा बढी देशहरुबाट मनाउन शुरु गरेको पाईन्छ ।
- सेप्टेम्बर महीनाको अन्तिम बुधबार मनाउने गरेको पाईन्छ । नेपालमा हामीले गत वर्षहरुमा सन् २०१६ देखि निरन्तर मनाउदै आईरहेका छौं ।
- उक्त दिन विश्वभरका विद्यालय कहिं कतै पनि बन्द नरहने दिनको रुपमा पनि रहेको छ ।
- नेपालमा पहिलो पटक विश्व स्कुल दुध दिवस मनाउन नेपाल डेरी एसोसिएशनले सन २०१६ ( वि.सं. २०७३ साल ) बाट शुरु गरेको हो ।
पहिलो २०७३ सालमा काभ्रेको पाँचखालमा श्री गणेश माध्यामिक विद्यालयमा नेपाल डेरी एसोसिएशनको आयोजनामा दुग्ध विकास संस्थानका अध्यक्ष श्री खिम थापा ज्यूको प्रमूख आतिथ्यतामा मनाईयो ।२०७४ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा दोश्रो पटक काठमाडौंको, बौद्ध अवस्थित बाल संसार बाल गृहमा ( एन प्याब्सनका अध्यक्ष श्री कर्ण बहादुर शाहीज्यूको प्रमूख आतिथ्यतामा मनाईयो । २०७५ सालमा दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएशन र केन्द्रिय पशुपंक्षी पालन सहकारी संघ लि.नेपालको संयुक्त आयोजनामा बृहत्तर रुपमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका माननीय राज्य मन्त्री रामकुमारी चौधरी (रोजिना) ज्यूको प्रमूख आतिथ्यतामा सरोकारवालाहरु सबैलाई एकिकृत गरि करिव १००० भन्दा माथि विद्यार्थीहरुको उपस्थितिमा शिक्षक महासंघ, प्याब्सन (Pabson), एन प्याब्सन (Npabsan)को विशेष उपस्थितिमा सरकारी र निजि विद्यालयलाई समावेश गरि दुधपान गराई भव्यताका साथ मनाईयो ।
२०७६ सालमा सेन्ट जर्ज स्कुल हाँडीगाउँमा रहेका विद्यार्थीहरुलाई दुध तथा दुधपान गराई एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाज्युको विशेष उपस्तिथिमा मनाइयो । २०७७ सालमा कोरोना भाइरस ( कोभिड -१९) का कारण तेति तामझाम गर्न नसके पनि एसोसिएसनका सबै प्रदेश र जिल्लामा हस्पिटल र बालगृहमा दुध पान गराइ मनाइएको थियो ।
२०७८ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशका डा राजेन्द्र यादबज्युको विशेष उपस्थितिमा काठमाडौं प्रदेश नं ३ ( बागमती प्रदेश ) मा राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक श्री राजेन्द्र यादवज्यूको प्रमूख आतिथ्यतामा काठमाडौं महानगरपालिका वडा नं १ स्थित कमलपोखरीमा रहेको श्री कमल आधारभुत विद्यालयमा रहेका १५० जना विद्यार्थीलाई दुध दुग्ध पदार्थ सेवन गराइयो । त्यसैगरी बुढानिलकण्ठ नगरपालिका वडा नं ८ उमंग टोलमा रहेको वि.पि. एस विद्यालयमा बालबालिका लाई दुध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागीतामा मनाईने कार्यक्रम गरिएको छ । त्यसैगरी काभ्रेको पनौती नगरपालिका वडा नं १ स्थित शान्तिनिकेतन उच्च मा.वि रयालेमा दुध पान गराइयो ।
आजको कार्यक्रममा: कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा,निवर्तमान अध्यक्ष सुमित केडिया, उपाध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहाल, स कोषाध्यक्ष दिप प्रसाद धमला, केन्द्रिय सदस्यहरु मनोज कुमार घिमिरे, रामभक्त दाहाल, टिका प्रसाद घिमिरे, बद्री ढकाल बागमती प्रदेश सचीव गोपाल तिमल्सिना, कोषाध्यक्ष नवराज तिमल्सिना, सदस्य क्रमशः धुर्व तिवारी, श्याम घिमिरे, राजकुमार वाइवाको उपस्थिति रहयो भने अतिथिमा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाको कार्यक्रम स्थल विद्यालयका प्र.अ,ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा १५० जना विद्यार्थीहरुलाई दुध र खिर खुवाइयो । बालबालिकालाई डिडिसिले प्रेस मिल्क उपलब्ध गराएको थियो भने तातो दुध र खिरको व्यवस्था नेपाल डेरी एसोसिएसनले गरेको थियो ।कार्यक्रममा एन प्याब्सनका अध्यक्ष सापकोटा, विद्यालयका शिक्षक होम बहादुर खत्री ,
एसोसिएसन बागमतीका अध्यक्ष राजन दाहाल, सचीव गोपाल तिमल्सिना,सदस्य श्याम घिमिरेले मन्तव्य राखेका थिए ।कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले बालबालिकालाई दुध अनिवार्य भएको बताए । कार्यक्रममा प्रमुख अतिथि डा.यादवले अब केहि वर्षभित्रै नेपाल दुधमा आत्मनिर्भर हुने, गोठदेखि ओठसम्म नै स्वच्छता कायम गरि उत्पादनमा ध्यान दिनुपर्ने बताए । कार्यक्रमका सभापति एवं एसोसिएसनका अध्यक्ष सापकोटाले कार्यक्रममा उपस्थित सबैलाई विशेष धन्यवाद दिदैं दुधको महत्व बताए साथै आज नेपाल डेरी एसोसिएशनका ७ वटै प्रदेश , जिल्ला र पालिकामा भव्यताका साथ विश्व स्कुल दुध दिवस मनाइएको कुरा एसोसिएसनका महासचिव दाहालले बताए ।
Views: 0