बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

२०७८ आश्विन १४, बिहीबार १२:१४ गते २०७८ आश्विन १४, बिहीबार १२:१४ गते २०७८ आश्विन १४, बिहीबार १२:१४ गते

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ ।

नागरिक सहायता कक्षको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले उदघाटन गरिसकेका छन् । प्रहरीले यात्रुसँग बढी भाडा लिने सार्वजनिक सवारीको साधनमाथि निगरानी बढाएको छ । प्रहरीले बढी भाडा लिएको सूचना दिन पनि जिल्लावासीलाई आग्रह गरेको छ ।

यसअघि पनि सार्वजनिक सवारी साधनको छडके चेकजाँच गर्ने क्रममा दोब्बर भाडा लिने चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बढी भाडा लिने सवारी साधनमाथि ठाउँको ठाउँ कारवाही हुने बताए ।

उनले भने, ‘हामीले सरकारले तोके भन्दा बढी भाडा लिने सवारी साधनलाई कानुन अनुसार कारवाही गछौ, अब सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउछौं ।’डिएसपी ढुंगानाले जिल्लावासीलाई पनि बढी भाडा लिएको पाइएमा सूचना दिन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम गो’प्य राखिने बताए ।

हाल रामेछापबाट दैनिक चार सय भन्दा बढी साना ठूला सवारी साधन सञ्चालन हुँदै आएको प्रहरीले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *