महिला चेम्बरको १५ दिने दशै तिहार बिशेष व्यापार मेला शुरु, चेम्बर अध्यक्ष मल्लबाट समुदघाटन

२०७८ आश्विन १४, बिहीबार १३:३३ गते २०७८ आश्विन १४, बिहीबार १३:३३ गते २०७८ आश्विन १४, बिहीबार १३:३३ गते

काठमाडौं– नेपाली स्थानीय कृषि उत्पादनहरु र उपभोग्य बस्तुहरुको प्रवर्द्धन गर्ने उदेश्य सहित नेपाल महिला चेम्बरको आयोजनामा आश्विन १३ गते बुधबार देखी दशै तिहार बिशेष व्यापार मेला संचालनमा आएको छ । उक्त मेला काठमाडौंको कमलपोखरी स्थित सिटी सेण्टर चौथो तल्लामा संचालनमा आएको हो । १५ दिनसम्म संचालनमा रहने उक्त मेलाको समुदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले गरेका छन् ।

मेलाको उदघाटन गर्दै अध्यक्ष मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गाँउ गाउमा महिलाले उत्पादन गरेको वस्तुलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राखे । साथै, उनले मेला आयोजना आएकोमा खुशी व्यक्त गर्दै मेलाले बजारीकरण साथसाथै महिला उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरि, नेपाल चेम्वर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले दशै तिहार जस्तो अति महत्वको चाडबाडको अवसरमा नेपाल महिला चेम्बरको अगुवाईमा मेला आयोजनामा आउँदा आफुलाई खुशी लागेको बताउदै मेला निकै समय सान्दर्भिक रहेको उल्लेख गरे ।

त्यसैगरि, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आएको बताइन् । साथै उनले महिला चेम्वरले हरेक बर्ष दसैं–तिहार व्यापार मेला आयोजना गर्दै आएको स्मरण गर्दै १५ दिनसम्म चल्ने उक्त मेलामा सहभागी हुन महिला उद्यमीहरुलाई आह्वान समेत गरिन ।

सो अवसरमा महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिलाहरुलाई उत्पादनमा जोड्न र स्वदेशी वस्तु उपभोग गर्नुपर्छ भनेर उपभोक्तालाई प्रोत्साहन गर्न यो मेलाको आयोजना गरिएको उल्लेख गरिन ।मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *