कांग्रेस नेता पुष्प शाहीको पहलमा डोटीमा एक करोडको स्वास्थ्य सामग्री

२०७८ आश्विन १४, बिहीबार १३:३७ गते २०७८ आश्विन १४, बिहीबार १३:३७ गते २०७८ आश्विन १४, बिहीबार १३:३७ गते

काठमाडौं , असोज १३। नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीको पहलमा डोटीका नौ वटै स्थानीय तहमा एक करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

पूर्वीचौकी गाउँपालिकामा १५ लाख, दिपायल सिलगढी नगरपालिकामा ११ लाख, सायल गाउँपालिकामा आठ लाख, आदर्श गाउँपालिकामा आठ लाख, के आई सिंह गाउँपालिका १५ लाख, शिखर नगर पालिकामा ११ लाख, जोरायल गाउपालिकामा ११ लाख, बडिकेदार गाउँपालिकामा ११ लाख र बोगटान फुडसिल गाउँपालिकामा ७ लाखको स्वास्थ्य सामग्री प्रदान गरिएको शाहीले बताए ।

उनले नेपाली कांग्रेस पार्टी र विविधन्न निकायसँगको पहलबाट संकलन भएको स्वास्थ्य सामग्री डोटीका विभिन्न गाउँपालिका पुगेर प्रदान गरिएको बताएका छन् ।गरिव तथा पहुँच नभएका जनताको अवस्थालाई मध्यनजर गर्दै कोभिड संक्रमणबाट जोगाउन तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले निस्शुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

नेता शाहीले विज्ञहरूको तेश्रो भेरियन्ट आउन सक्छ भन्ने चेतावनी दिइरहेको समयमा गृह जिल्लामा उक्त सामग्रीका लागि पहल गरेर हस्तान्तरण गरिएको बताएका छन् ।शाहीले विभिन्न गाउँपालिकामा अक्सिजन कन्सट्रेटर मेसिन, पल्स अक्समिटर, पिपिई सेट, सर्जिकल मास्क, एन९५ मास्क, ग्लोब्स, स्टेचर, रेपिड टेस्ट किट, भाइजरलगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।

उनले स्वास्थ्य सामग्रीका लागि मन्त्रालय र नेपाली कांग्रेससँग समन्वय गरे पनि स्थानीय तहमा आफ्नै खर्चले पठाएको बताएका छन् । उनले विभिन्न पालिकामा पुगाउन चार लाख ढुवानी खर्च लागेको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *