आज राति १२ बजेदेखि लागू हुने गरी दशैँको मुखमै काठमाडौँमा लागु भयो यस्तो कडा नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने (सूचना सहित)

२०७८ आश्विन १४, बिहीबार १९:१२ गते २०७८ आश्विन १४, बिहीबार १९:१२ गते २०७८ आश्विन १४, बिहीबार १९:१२ गते

काठमाडौँ । काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भि’डभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा

जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व (दशैं, तिहार र छठ)मनाउन आग्रह गरेको छ। बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेका हुन्।

बिज्ञप्तिमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ-संस्था, उद्योगधन्दा-कलकारखाना र बैठक से’मिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।

होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको छ ।

दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । घरभित्र परिवारको सदस्यहरु मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासनले भनेको छ– ‘यात्रा गर्नुअघि अधिकारिक टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्नुहोला ।’

निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *