ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु

२०७८ आश्विन १७, आईतवार १४:०८ गते २०७८ आश्विन १७, आईतवार १४:०८ गते २०७८ आश्विन १७, आईतवार १४:०८ गते

ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ। स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नम्बरको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको १२ नम्बर वडामा पर्ने जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो।

उनी ट्रयाक्टरका सहचालक भएका प्रहरीले जनाएको छ। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो। मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्रयाक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

ट्रयाक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्रयाक्टर दुर्घटना राति करिब १० बजेको समयमा भएको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *