काठमाडौ ।बरिष्ठ सौन्दर्यविद सुषमा महराद्धारा भिक्टोरिया ब्युटि सैलुनको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । सौन्दर्य क्षेत्रमा लामो अनुभब संगालि सकेकी चन्द्रकला राईले कपनमा यो सैलुन संचालनमा ल्याएकी हुन् ।भिक्टोरिया ब्युटि सलुनमा लेडिज जेन्स दुबैलाई सर्भिस दिईने संचालक राईले बताएकी छन् ।
सौन्दर्यविद महराले सैलुनको उद्घाटन गर्दै महिला दिदि बहिनिहरुले आफ्नो ब्यवसाय संचालन गर्नु राष्ट्रकै लागि ईकोनोमिकमा टेवा पुग्ने कुरा भएको जानकारी दिएकी छन् ।त्यसमा पनि ब्युटि पार्लर भनेको आफुले मात्र काम गर्ने हैन अरु दिदि बहिनिहरुलाई पनि रोजगारी श्रृजना गर्ने ब्यवसाय हो । त्यसैले राईले महिला सशक्तीकरणमा यौटा ईटा थपेकोमा राईलाई बधाई दिएकी छन् ।
हालका लागी भिक्टोरिया ब्युटि सलुनले आउने ग्राहकहरुको लागि ओपनिङ अफर समेत राखिएको छ । ग्राहकहरुले सबै सुविधामा ३५ प्रतिसत छुट पाउने भिक्टोरिया ब्युटि सलुनका प्रोप्राइटर गुरुङले बताइन् ।यो सैलुन कपनको ह्यान्डबलग्राउण्डमा रहेको छ ।
Views: 0