प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला इन्टरनेट सेवा प्रदायकको तार का’टेपछि इन्टरनेट सेवा आइतबार पनि अवरुद्ध बनेको हो । नेटको तार काटेपछि लगत्तै सेवा प्रदायकका कर्मचारीहरुले भरतपुरमा विरोध -याली निकालेका थिए ।
पोल भाडा तिर्ने विषयमा सेवा प्रदायक र प्राधिकरणबीच विवाद रहेको छ । उनीहरुको विवादका कारण आम सेवाग्राहीहरु मारमा परेका छन् । चर्को इन्टरनेटको शुल्क तिरेर पनि सेवाग्राहीहरुले सेवा पाउन सकेका छैनन् ।
नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताएका छन् ।
सेवा प्रदायकले विरोधस्वरुप आज आइतबार इन्टरनेट सट डाउन गरेका छन् । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवन जिल्लाभर नै इन्टरनेट सेवा अवरुद्ध बनेको सेवा प्रदायकहरुले जनाएका छन्।
Views: 0