सामन्थाले डिभोर्सको घोषणा गरेपछि उनका पूर्व प्रेमी सिद्धार्थले भने, ‘धोकेवाज कहिले पनि फल्न फूल्न सक्दैन’

२०७८ आश्विन १७, आईतवार २१:३८ गते २०७८ आश्विन १७, आईतवार २१:३८ गते २०७८ आश्विन १७, आईतवार २१:३८ गते

एजेन्सी । चर्चित दक्षिण भारतीय अभिनेत्री सामन्था प्रभु र हिरो नागा चैतन्यले शनिवार डिभोर्सको घोषणा गरे । उनीहरुबीच लामो समय देखि खटपट चलेको कुरा सार्वजनिक भइरहेको थियो । सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेर, दुबै जनाले आफ्ना प्रशंसकहरुलाई सूचित गरे कि उनीहरु दुबै पति र पत्नीको रूपमा अलग हुने निर्णयमा पुगेका छन् ।

सामन्थाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हाम्रा प्रिय शुभचिन्तकहरु, धेरै छलफल पछि चैतन्य र मैले पति र पत्नीको रुपमा अलग हुने निर्णय गरेका छौं। हामी धेरै भाग्यशाली छौं कि हाम्रो मित्रता दस बर्ष भन्दा बढि भएको छ जुन हाम्रो स म्ब न्ध को आधार थियो। जो सधैं हामी बीच एक विशेष स म्ब न्ध राख्नेछ।

यो खबरले उनका फ्यानहरुलाई धेरै दुखी बनायो। एकै साथ, यी सबैको बीचमा, प्रसिद्ध अभिनेता सिद्धार्थ को ट्वीट पनि भाइरल भइरहेको छ। वास्तवमा, सामन्थाको विवाह अघि उनी सिद्धार्थसंग प्रेममा थिइन् । सिद्धार्थसंग के कारणले ब्रेकअप भयो भन्ने खुलेको छैन । सिद्धार्थसंग अलग भएपछि उनले चैतन्यसंग विवाह गरेकी थिइन् ।

अभिनेता सिद्धार्थले लेखेका छन्, ‘मैले मेरो शिक्षकबाट मेरो स्कूलको दिनमा पहिलो पाठ सिकेको थिएँ (धोका दिनेहरु कहिल्यै फस्टाउँदैनन्। तपाइँको पहिलो पाठ के थियो रु’ यद्यपि यो ट्वीट मा कहीं सामन्था को नाम उल्लेख छैन, तर सामन्थाको डिभोर्सको खबर पछि, सिद्धार्थ यो ट्वीट गरे जसमा प्रयोगकर्ताहरुभयंकर टिप्पणी गर्दै छन्।

विवाह भन्दा पहिले सामन्था सिद्धार्थसंग प्रेममा थिइन्। अभिनेत्री उनीसँग विवाह गर्न पनि तयार थिइन्, तर के कारणले हो सफल हुन सकेन । पछि चैतन्यसंग सामन्थाले १० करोड खर्च गरेर धूमधाम संग विवाह गरेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *