पाइलटलाई झुक्यानु सम्म झुक्याएछ ईन्डिकेटरले, विराटनगरमा ल्यान्डिङ गियर खुलेको रहस्य बाहिरियो

२०७८ आश्विन १८, सोमबार ०८:२८ गते २०७८ आश्विन १८, सोमबार ०८:२८ गते २०७८ आश्विन १८, सोमबार ०८:२८ गते

बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालक दल ‘झुक्किएको प्रारम्भिक अनुसन्धान बाहिरिएको छ । ईन्डिकेटरले झुक्याएको बताइएको छ । बुद्ध एयरको जहाज ल्यान्डिङ गियर पाङ्ग्रामा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्किएको थियो । काठमाण्डौँमा सहज रूपमै जहाज अवतरण भएको थियो ।

यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै समस्या नरहेको देखाएको छ । ‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर ककपिटमा रहेका दुईवटा इन्डिकेटरमध्ये पहिलो इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएकोले चालकदल विराटनगरमा झुक्किएछन् ।’

छानबिनकर्ताहरुले उक्त विमानको ल्यान्डिङ गियरमा कुनै समस्या नदेखिएको भनेका छन् । छानबिनमा संलग्न अधिकारीहरुले प्रारम्भिक अनुसन्धानका आधारमा उक्त विमान विराटनगरमा त्यस दिन ‘अवतरण गराएको भए हुने’ भन्ने उल्लेख गरेका छन् ।

यसैबीच बुद्ध एयरबाट गठन गरिएको छानबिन कमिटीले पनि त्यस दिन उडानमा रहेको ‘अल्फा नोभेम्बर इन्डिया’ कलसाइन भएको सो एटीआर विमानको ल्यान्डिङ गियरमा समस्या नभएको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *