हराएकी आमाको खोजी गरिदिन अनुरोध

२०७८ आश्विन १९, मंगलवार १३:२४ गते २०७८ आश्विन १९, मंगलवार १३:२४ गते २०७८ आश्विन १९, मंगलवार १३:२४ गते

काठमाडौ । २०६५ साल कात्तिक महिनाको २५ गते देखि काठमाडौं को मनमैजुबाट हराएकी लक्ष्मी पाैडेल अझै बेपत्ता भएकोले खोजिदिन दुबईबाट दिपकराज पौडेलले आमाको खोजिगरिदिन अनुरोध गरेका छन।

उनलेे सम्पूर्ण मा अपिल गदै भनेका छन -म वैदेशिक रोजगारीको सिलसिलामा विगत १२ वर्षदेखि युएईको दुबईमा छु । आज तपाईहरु समक्ष विगत ८ वर्षदेखि हराउनु भएकी मेरी पुजनीय आमाको खोजी गरीदिन सबै समक्ष अनुरोध गर्द छु।

मध्यम वर्गीय परिवारमा हाँसीखुसी रहेकी मेरी आमाको नाम लक्ष्मी पौडेल हो । तर वहाँको बाल्यकालको नाम पवित्रा र गोमा पनि हो । २०६५ साल कात्तिक महिनाको २५ गते देखि काठमाडौंको मनमैजुबाट मेरी आमा परिवारको सम्पर्कबाट बाहिरिनु भएको हो ।
शारीरिक र मानसिक रुपमा स्वस्थ्य आमा कुनै दिन फर्केर आउने मरो आशा ताजै छ ।

प्जिज हेल्प मि टु फाइन्ड माई मदर नामको पेज बनाएर पनि मैले खोजीकार्यलाई सामाजिक सञ्जाल फेसबुकमा तीव्र पारेको छु । र पनि आमाको बारेमा भरपर्दो सूचना पाएको छैन । खोजी अभियानलाई मैले अझैसम्म निरन्तरता दिएको छु । तर, सबैबाट सहानुभूति सिवाय केही पाएका छैन । यसबीचमा कुनै भरपर्दो जानकारी नपाई निराशामा डुबेको मेरो आमा भेट्ने आशा भने मरेको छैन ।

परिवारका सदस्यलाई बिना कुनै जानकारी घरबाट बेपत्ता भएकी ४७ वर्षिया आमा हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । वि.सं.२०६५ साल कात्तिक २५ गते तिहारको पर्सीपल्ट काठमार्डौको मनमैजुबाट परिवारको सम्पर्कबाट टाढिनुभयो।
सात वर्षको यो अबधिमा धेरै पटक नेपाल पुगेपछि मेरो पहिलो कर्तव्य आमाको खोजी गर्नु नै हुन्छ । आफन्त तथा साथीभाइसँग आमाकै विषयमा चर्चा गर्छु । चिना हेराउनेदेखि गाडीमा प्रचार सामग्री बाँड्दै माइकिङ गरेर आमाको खोजी गरिरहे पनि अहिलेसम्म केही पत्तो लागको छैन ।

चिना हेराउँदा धेरै ज्योतिषीहरुले धर्मशालामा,मन्दिर या विदेशमा रहेको अड्कल गरेका छन् । त्यसैले कुवेत, साउदी, बहराइन, कतार, मलेसिया वा जहाँजहाँ नेपाल दाजुभाई र दिदीबहिनीहरु पुग्नुभएको छ, तपाईहरुलाई दुई हात जोडी यो मेरो आग्रहलाई फेसबुक, ट्वीटर, ह्वाटस एप लगायतका सबै सामाजिक सञ्जालमा पोस्ट वा सेयर गरेर मेरी आमालाई भेटाउन सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

छोरा ः दिपकराज पौडेल (०९७१ ५५ १०४ ०९४३)
बुहारी ः सुमित्रा पौडेल (०९७१ ५५ ९९४ ०९४३)
छोरि / ज्वाई – +९७१ ५६६१०५४५२ / +९७१ ५६५३५८७०२
दुबई, यू.ए.ई.
नेपाल सम्पर्क काठमाडौं –
छोरी ज्वाई – +९७७९८४९३६७९४६ / +९७७ ९८५१० ९८४२५
चितवन (०९७७ ९८४५२ ०८०४०)
इमेल ः dipak@gomadss.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *