हत्या गरेको अभियोगमा पक्राउ ।

२०७८ आश्विन १९, मंगलवार १५:१३ गते २०७८ आश्विन १९, मंगलवार १५:१३ गते २०७८ आश्विन १९, मंगलवार १५:१३ गते

काठमाडौं, १९ असोज – बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । गम्भीर घाइते खडकाको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *