काठमाडौँ । अरुलाई हो,’च्याएर आफु हिरो बन्न खोज्ने एक कमेडियनलाइ आँचलले राम्रै सबक सिकाएकी छन् । चन्द्रागिरिमा आयोजित नेपाल बेस्ट म्युजिक अवार्डमा पुगेकी उनले एक कमेडियनको प्रस्तुति प्रति आ’पत्ति जनाएकी हुन् ।
उनले सञ्चारकर्मी समेत रहिसकेका सुन्दर खनालको प्रस्तुति आफूलाई चित्त नबुझेको बताएकी हुन् । सुन्दरले ‘पहिले त आँचलको नाम पलसँग जोडिएको थियो नि’ भनेको विषयलाई लिएर उनी आ’क्रो’शि’त भएकी हुन् । उनले कमेडीको नाममा रोस्ट गरेको बताएकी छन् ।
साथै इ,’ज्ज’त दिएर कलाकार भनेर बोलाएर कलाकारको नै यसरी बेइज्जत गर्न थालेपछि स्टेज चढ्न मन नलाग्ने समेत बताएकी छन् । स्टेजपछि सुन्दरसँग उनले ‘विवाहित महिलाको नाम यसरी जोड्न नहुने’ भनेको सुन्दरले बताएका छन् । साथै उनले आफूले बोल्दै जाने क्रममा बोलेले आफूले गलत बोले/नबोलेको विषयलाई पुनः भिडिओ हेर्नुपर्ने बताएका छन् ।
गलत भएको रहेछ भने माफ गरिदिनसमेत उनले आग्रह गरेका छन् । पल र आँचलको जोडीलाई मन पराएर दर्शकले ‘आँप’ जोडी नाम दिएका थिए । प्रेम सम्बन्धको विषय भने यी दुईले कहिल्यै पनि स्वीकारेका थिएनन् । आँचलले डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेपछि यी दुईको सम्बन्धको चर्चा हुन छोडेको थियो ।
Views: 0