माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री (सूचीसहित)

२०७८ आश्विन २०, बुधबार २१:४० गते २०७८ आश्विन २०, बुधबार २१:४० गते २०७८ आश्विन २०, बुधबार २१:४० गते

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उनिहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उनले बताए।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed