सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको फेसियल हाउस सुर्खेतमा

२०७८ आश्विन २१, बिहीबार १४:२० गते २०७८ आश्विन २१, बिहीबार १४:२० गते २०७८ आश्विन २१, बिहीबार १४:२० गते

सुर्खेत । वरिष्ठ ब्युटिसियन सुषमा महराले काठमाडौंमा रहेको लोकप्रिय फेसियल हाउसको नयाँ शाखा सुर्खेतमा शुभारम्भ गरेकी छिन् । सौन्दर्यबिद महराले यस नयाँ शाखालाई रिबन काटेर शुभाराम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी महाराले सञ्चालन गर्दै आएको फेसियल हाउसलाई वीरेन्द्रनगर सुर्खेतको न्यूरोडमा संचालनमा ल्याउन भने सुर्खेतका युवा व्यापारीहरु विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम सहितको टिम रहेको छ ।

गुणस्तर युक्त प्रबिधि, अन्तर्राष्ट्रिय स्तरको सुबिधा र सेवामुलक भएको फेसियल हाउसमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस फेसियल हाउसमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल , हेयर कलरिङ्ग, प्रोफेसनल मेकअप लगायतमा शुभारम्भ छुटको पनि ब्यबस्था गरिएको छ । सुविधासम्पन्न फेसियल हाउस महिलाहरुलाई मात्र लक्षित नगरी पुरुषका लागि पनि सेवा दिई संचालनमा आएको संस्था हो । उक्त फेसियल हाउसले बेरोजगार युवा युवतीहरुलाई तालिम समेत प्रदान गर्दै आएकाले आगामी दिनमा पनि उक्त सेवालाई थप प्रभावकारी बनाउँदै अगाढि बढ्ने प्रतिवद्धता महराले उद्घाटन समारोहमा व्यक्त गरेकि छिन् । घटस्थापना देखि सुरु भएको फेसियल हाउसले ब्यूटीक्लिनिक सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *