सीता मृत्यु घटनामा एक महिना पछि अदालतले दियो यस्तो आदेश, श्रीमान सहित ३ जना जेल गए

२०७८ आश्विन २२, शुक्रबार ००:५१ गते २०७८ आश्विन २२, शुक्रबार ००:५१ गते २०७८ आश्विन २२, शुक्रबार ००:५१ गते

काठमाडौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी पौडेल मृत्यु घटनामा अदालतले एक महिना पछि फैसला गरेको छ । घटनामा पक्राउ परेका तीन जनालाई जे ल पठाएको छ । उनीहरुलाई आत्म ह’ त्या दुरुत्साहन गरेको अभियोग लगाइएको छ ।

प्रहरीले अनुसन्धानका लागि सीताका पति टीका पौडेल, जेठाजु हरि पौडेलले र आमाजू दिदी बिष्णु पौडेललाई पक्राउ गरेको थियो । अनुसन्धान पछि अदालतले पुर्पक्षका लागि थु ना मा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार रुपन्देही जिल्ला अदालतले बुधवार यस्तो निर्णय गरेको हो । बुधवार सो घटनामा बहस भएको थियो । तिलोत्तमा ५ की सीता भण्डारी भदौ २० मा आफ्नै घरमा मृ त अवस्थामा भेटिएकी थिइन् । तीज मान्न माइत गएकी सीतालाई जेठाजुको छोरीको जन्मदिन छ भनेर फिर्ता बोलाइएको थियो । भोलीपल्ट नै उनको श व फेला परेको हो ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले सीताको मोबाइलमा नोट भेटिएकाले उनले आफै यस्तो निर्णय गरेको जनाएको छ । तर उनलाई यस्तो निर्णय लिन बाध्य पार्ने परिवारका सदस्यलाई भने जे ल चलान गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *