सुर्खेत, २२ असोज – आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरेशले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
नवलपरासी (पश्चिम), २२ असोज – बर्दघाट नगरपालिका-१ पुर्नबास बस्ने खोम बहादुर पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४० वर्षीय मनिलाल थापा लगायत ११ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ५७ हजार १ सय १० रुपैयाँ, माछापुछ्रे बैंकको ६ लाख ५४ हजार रुपैयाँ बराबरको २ थान चेक र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
Views: 0