सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०७८ आश्विन २२, शुक्रबार १९:१५ गते २०७८ आश्विन २२, शुक्रबार १९:१५ गते २०७८ आश्विन २२, शुक्रबार १९:१५ गते

काठमाडौं, – २२ असोज – भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको छ । भक्तपुर, सूर्यविनायक नगरपालका-५ सृजनानगर राधे राधे पुलमा बागमती प्रदेश ०२- ०१७ प १०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब १८ वर्षीय किशोर मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, – ठाकुरबाबा नगरपालिका-३ दम्कीमा भे.१ ज ८७९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार मधुवन नगरपालिका-५ बस्ने ८० वर्षीया रुप्सी कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै मडेकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, २ जनाको मध्यम र अन्यको अवस्था सामान्य रहेको छ । जीप चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

सर्लाही, – हरिपुर्वा नगरपालिका-९ मिर्चैया टोलस्थित सडकमा ज.१ त ९२७९ नम्बरको ट्याक्टरले साइकललाई बिहीबार साँझ ठक्कर दिँदा सोही नगरपालिका-५ हरीपुर्वा बस्ने ५५ वर्षीय पुकार महतोको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, – बुहुदरमाई नगरपालिका-८ रामनगरीमा प्रदेश २-०३-००१ प ७८५९ नम्बरको मोटरसाइकललको ठक्करबाट साइकलयात्री बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने ५५ वर्षीय जोगेन्द्र गिरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, – नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकमा भे.९ प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका-१ बस्ने २१ वर्षीय दिपक बुढामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । सुनसरी, दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा एनएल ०२ क्यू ०१३४ नम्बरको ट्रकले को.१० प २६८१ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने ४५ वर्षीय लक्ष्मी प्रसाद लुईटेलको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *