पहिलो पटक एउटै जिल्लामा सिडियो र सहायक सिडियो महिला

२०७८ आश्विन २२, शुक्रबार १९:१७ गते २०७८ आश्विन २२, शुक्रबार १९:१७ गते २०७८ आश्विन २२, शुक्रबार १९:१७ गते

काठमाडौं । नेपालमा विरलै हुने घटना भक्तपुरमा भएको छ । जिल्लामा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै महिला भएका छन् । दुई महिला मिलेर जिल्ला हाँक्ने सौभाग्य पाएका छन् ।

गत भदौ ३० गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रुद्रादेवी शर्मालाई दिइए पछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो । फेरी मंगलबारदेखि सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सीता परियारले सम्हालेकी छन् ।

परियार दलित समुदायबाट सहायक सीडीओ बन्ने पहिलो महिला पनि हुन् । गृह मन्त्रालयमा तीन महिना देखि फाजिलमा रहेकी उनलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ । परियार यसअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिइन् ।

त्यस वाहेक उनले थुप्रै सरकारी निकायमा पनि जिम्मेवारी वहन गरिसकेकी छन् । रुपा गाउँपालिका १ कास्की स्थायी घर भएकी परियार शाखा अधिकृतबाट निजामती सेवामा छिरेको १० वर्ष पुरा भएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *