‘टिम कुल’ को कार्यक्रममा शेष घलेले दिए शुभकामना, चर्चित कलाकारहरुको रोचक प्रस्तुति

२०७८ आश्विन २२, शुक्रबार २१:४६ गते २०७८ आश्विन २२, शुक्रबार २१:४६ गते २०७८ आश्विन २२, शुक्रबार २१:४६ गते

काठमाडौं । बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा गैर आवासीय नेपाली संघ दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुल आचार्यको टिमले आयोजना गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले शुभ कामना दिएका छन्। बिहीबार भर्चुएल माध्यमबाट आयोजित ‘खुला डबली विशेष’ मा बोल्दै एनआरएनका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले सबै लाई दशैंको शुभकामना दिए । ‘शुभ दिनमा (तपाईंहरुको) मनले चिताएका कुरा पुगुन्, दूर्गामाताले कल्याण गरुन् भन्ने शुभकामना छ । व्यक्तिगत होस् वा सामाजिक होस्, जे उद्देश्य लिएर अगाडी बढी रहनु भएको छ, दुर्गा माताले आशिर्वाद दिउन। आफुले ताकेको कुरा पुरा होस्,’ उनले भने। कार्यक्रममा विभिन्न देशका एनसीसी अस्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेल, पूर्व प्रवक्ता डिला खरेल, वर्तमान अध्यक्ष नन्द गुरुङ, एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दीपक सापकोटा, पूर्व उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, मानार्थ आइसीसी सदस्य शनि कुमार ओली लगायतले शुभकामना दिएका थिए ।

त्यसैगरी उपाध्यक्ष पदका उम्मेदवार त्रिलोक गुरुङले बडादशैंको शुभकामना दिँदै एनआरएनए भित्र गलत काम गर्नेहरुलाई कार्वाही गर्नुपर्ने बताए । गुरुङले सबै गैर आवासीय नेपालीले व्यक्तिगत स्वार्थलाई पर राखेर संस्थालाई शीरमा राखेर काम गर्नुपर्ने बताए । ‘सबैजनाले समृद्ध शान्त नेपालको लागि काम गर्नुपर्छ (( शुभकामना’ उनले भने । कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार मन केसी, महेश श्रेष्ठ, आर के शर्मा, एसी शेर्पा, महिला उपाध्यक्ष पदकी उम्मेदवार जानकी गुरुङ, युवा उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मी, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रविण गुरुङ, खगेन्द्र न्यौपाने लगायतले सबैलाई शुभकामना दिएका थिए । त्यस्तै महासचिवका उम्मेदवार डा। केशव पौडेलले सबै सहभागीहरुलाई स्वागत गर्दै सबै नेपालीको सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

सांगीतिक माहोल

‘पाइँदैन छोड्नलाई
संसारभरका नेपाली जोड्नलाई
चुनावको सिजन छ
देश बनाउने कुल दाइको भिजन छ’

गायक कृष्ण समीपले सुवेदीले गीत गाएर शुभकामना आदान प्रदान कार्यक्रममा रमाइलो थपेका थिए । अध्यक्षका प्रत्यासी कुल आचार्यले गैर आवासीय नेपाली संघ ८० लाख नेपालीहरुको साझा संस्था भएको बताए । ‘सद्भाव, सहयोग, शुभकामनाको अपेक्षा छ । संसारभरिका नेपाली दाजुभाई दिदीबहिनीहरु नेपालसँग जोडिन चाहेका छौं । नेपाली कला संस्कृति बचाउन चाहेका छौं,’ उनले भने, ‘विदेशका जुनसुकै कुनामा रहेपनि नेपाललाई माया गर्न खोजेका छौं ।’ नव दुर्गा भवानीले यी काम पूरा गर्नसक्ने शक्ति दिने विश्वास व्यक्त गरे । सबै नेपालीको चाहना, भावना र उद्देश्य अनुरुप एनआरएन बनाउने उनले बताए ।

नेपाली संस्कृतिलाई जोगाउन संसारभर रहेका नेपाली लागि उनले परेको बताए । नवरात्रीको पहिलो दिनको अवसर पारेर आयोजना गरिएको शुभकामना कार्यक्रममा अध्यक्षका प्रत्यासी आचार्यले जुन देशमा बसे पनि नेपाललाई भुल्न नहुने जनाए । कार्यक्रममा चर्चित गायक कुलेन्द्र विक, बिमलराज क्षेत्री, सरस्वति लामिछाने लगायतले गीत गाउंदै कुल आचार्य र उनको टिमलाई जिताउन आग्रह गरेका थिए भने लोकप्रिय हास्य कलाकार जितु नेपाल ‘मुन्द्रेु ले प्रधानमंत्री शेर बहादुर देउवाको क्यारीकेचर गरेका थिए। ‘सबको बढोस् इज्जत र मान, यो दसैंको छ शुभकामना’ जाँदाजाँदै गायक विश्वकर्माले गीतमा थपे । ुसालको पातको टपरी हुनीु चर्चित गीतका गायक कुलेंद्रले ‘कुल आचार्यलाई जिताउनै पर्छ, नलाऊ पछि हल्लैको’ भन्दै आफ्नो लोकप्रिय गीत गाएका थिए । गैर आवासीय नेपाली संघमा राम्रा मान्छेलाई जिताउन समेत कलाकारहरुले आग्रह गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *