दुग्ध पदार्थ ढुवानी सवारी साधनलाई एम्बुलेन्स सरह मान्यता

२०७८ आश्विन २३, शनिबार १०:०५ गते २०७८ आश्विन २३, शनिबार १०:०५ गते २०७८ आश्विन २३, शनिबार १०:०५ गते

राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागि अन्तरक्रिया र लोगो वितरण कार्यक्रम प्रदेश नं १ को बिराटनगर स्थित डिडिसिको हलमा कृषी, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचीव डा. रामानन्द तिवारीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबज्युको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रदेश नं १ ट्राफिक कार्यालयका डिएसपी सुमन तिमल्सिना, डेरी उद्योग सघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष राजन चिमोरिया, महासचिव प्रल्हाद दाहाल, प्रदेश नं का अध्यक्ष हेमचन्द्र खनाल, डिडिसिका बजार महाशाखा प्रमुख सन्जिव झा, डिडिसी बिराटनगर आयोजना प्रमुख गणेश यादब लगायत विभिन्न दुग्ध उद्योगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा निम्नानुसार डेरी उद्योगका २९ वटा सवारी साधनलाई प्रतिक चिन्ह ( लोगो ) प्रदान गरियो ।

  • १. डिडिसी बिराटनगर आयोजना, विराटनगर
  • २. कामधेनु दुग्ध विकास सहकारी संस्था , तरहरा
  • ३. एन. एम. सि. डेरी उद्योग , झापा
  • ४. शिवम डेरी उद्योग , सप्तरी
  • ५. शिवम् डेरी उद्योग , बिराटनगर
  • ६. पुर्वि नेपाल डेरी उद्योग , झापा

कार्यक्रममा उपस्थित अतिथिहरु सबैलाई आयोजकको तर्फबाट स्वागत गर्दै बोर्डका प्रशासनिक प्रमुख बिदुर राईले कार्यक्रमको बारे प्रष्ट पार्नु भयो र सबै डेरी उद्योगमा चल्ने गाडीमा लोगो लगाउन अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भयो । शुभकामना सहित मन्तव्य राख्ने क्रममा एन. एम. सि. डेरीका नारायण बहादुर बस्नेत र नेपाल डेरी एसोसिएसनका प्रदेश नं १ का अध्यक्ष हेमचन्द्र खनालले सबै डेरी उद्योगले लोगो लगाउन सक्ने वातावरण बनाउन र सबैतिर प्रचारप्रसार गर्न बोर्डलाई अनुरोध गर्नुभयो । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहलले लोगोको महत्त्व बारे प्रकाश पार्दै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गर्दै लोगो प्रयोगमा ल्याउन बोर्डले खेलेको भुमिकालाई एसोसिएसन परिवार विशेष धन्यवाद दिन चहान्छ भन्नु भयो।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बोर्डले अत्यन्तै राम्रो काम गरेको र उद्योग संघले चाडै सबै उद्योगमा लोगो लगाउने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि बोर्डले यस्तै खालका सकारात्मक कदम चाल्ने कुरामा आशाबादी रहेको बताउनु भयो । ट्राफिक कार्यालय प्रदेश नं १ का डिएसपी सुमन तिमल्सिनाले यसरी दुध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ प्रहरीलाई समितिमै राखेर लान सके झन् प्रभावकारी हुने कुरा बताउनु भयो ।

डिडिसी बिराटनगर आयोजनाका प्रमुख गणेश यादवले फर्मल र इनफर्मल डेरीको बारे बोल्दै अब फर्मल डेरी उद्योगलाई चलाउनै कठिन भएको कुरा बताउँदै अब इनफर्मल डेरीलाई फर्मल सेक्टरमा ल्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश कृषि ,भुमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका सचीव डा. रामानन्द तिवारीले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई बेला बेला सजग गराउने बताउनु भयो । अन्त्यमा कार्यक्रमका सभापति एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबले यो लोगो भनेको राष्ट्रिय दुग्ध विकास बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता हो । अब सबैले यसलाई आफ्नो सम्झेर यसको प्रयोगमा लाग्न आग्रह गर्दै राष्ट्रिय दुग्ध विकास बोर्ड सधैं किसान, उद्योग र समग्र दुग्ध क्षेत्रको विकासमा लाग्ने कुरा बताउँदै नो रिटर्न कार्यक्रम अगाडि बढाउन बोर्ड कटिबद्ध रहेको र त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नु भयो । बोर्डले राष्ट्रिय दुग्ध निति पास गरिसकेको र अब चाँडै कार्यविधि बनाई सरोकारवालाहरुलाई समेटेर अगाडि बढ्ने कुरा बताउनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *