सभापतिमा हारेपछि अस्पतालमा गएर बबाल गर्ने कांग्रेस नेता र जिल्ला प्रशासन कार्यालयका शुब्बा पक्राउ

२०७८ आश्विन २३, शनिबार २१:५१ गते २०७८ आश्विन २३, शनिबार २१:५१ गते २०७८ आश्विन २३, शनिबार २१:५१ गते

काठमाडौ । निर्वाचनमा हार खाएको काँग्रेसका नेताले अस्पतालमा पुगेर बबाल गर्दा प्रहरी नियन्त्रणमा पुगेका छन् । उनीसंग जिल्ला प्रशासन कार्यालयका सुब्बा पनि पक्राउ परेका छन् । हालै सम्पन्न कांग्रेस कपिलवस्तु नगर समितिको निर्वाचनमा पराजित भएका प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्की पक्राउ परेका हुन् ।

उनलीहरुले अस्पतालमा बबाल गरेको प्रहरीले जनाएको छ । दुवैले शुक्रबार राति कपिलवस्तु अस्पतालमा पुगी अ भ द्र व्यवहार गरेका थिए । उनीहरू हाल वडा प्रहरी कार्यालय तौलिहवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

हालै सम्पन्न कांग्रेस कपिलवस्तु नगर समितिको निर्वाचनमा कार्की सभापति पदमा पराजित भएका थिए । दुवैले अस्पतालमा पुगी कर्मचारीलाई थर्काउने, ड्युटीमा बसेका प्रहरीलाई अप शब्द प्रयोग गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थलमा माफी माग्न आग्रह गरे पनि दुवै तयार भएका थिएनन् । सभार;ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *