अवैध रुपमा ल्याएको सुनका बाला सहित पक्राउ

२०७८ आश्विन २३, शनिबार २३:५१ गते २०७८ आश्विन २३, शनिबार २३:५१ गते २०७८ आश्विन २३, शनिबार २३:५१ गते

काठमाडौं, २३ असोज – अवैध रुपमा ल्याएको करिब ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको ३ थान बाला सहित धादिङ निलकण्ठ नगरपालिका-४ वतन भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरिएको हो । उनलाई उक्त बाला सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *