अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना अभियुक्तहरू पक्राउ

२०७८ आश्विन २६, मंगलवार १३:५४ गते २०७८ आश्विन २६, मंगलवार १३:५४ गते २०७८ आश्विन २६, मंगलवार १३:५४ गते

ललितपुर, २४ असोज – अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना अभियुक्तहरूलाई काठमाडौं ठमेल नर्सिङ चोकबाट गत मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाकिस्तानी नागरिकहरू राहदानी नम्बर बिटि५८४०९११ बाहक जिसान मुहम्मद र राहदानी नम्बर एएक्स७५९७९६२ बाहक ताज रिजवान रहेका छन् । गत सोमबार बेलुकी ललितपुर धापाखेलस्थित सिभिल होमको ४१७ नम्बर घरबाट पीडितले झ्यालबाट भागेर गुहार मागेपछि प्रहरी पुग्दा आफू अपहरणमा परेको जानकारी गराएपछि तत्काल महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले अनुसन्धान सुरु
गरेको थियो ।

पीडित सोही दिन एयर अरेवियाको फ्लाईटबाट काठमाडौं हुँदै क्यानडा जान भनी एयरपोर्टमा आएकोमा एयरपोर्टमै लिन गएका उनीहरूले धापाखेल लगी सिभिल होममा राखी डोरीले बाधी उनी क्यानडा पुगिसकेको भनि घरबाट २५ हजार अमेरिकी डलर मागेपछि पीडितले मौका छोपी झ्यालबाट भागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट डोरी, ब्लेड, रड लगायत सामग्रीहरु बरामद गरेको छ । उनीहरूउपर अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट १५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

ललितपुर, २४ असोज बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका-७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ३० वर्षीया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन रहेका छन् । सोही घटनामा संलग्न गोदावरी नगरपालिका-११ बस्ने मनोज मगर भन्ने २८ वर्षीय मनोज सार्की घटनास्थल नजिकै मृत अवस्थामा फेला परेका छन् ।

गोदावारी नगरपालिका-७ देविचौर सलेनी खोल्सामा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा असोज ११ गते बिहान राजकुमारको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed