मृत अवस्थामा फेला

२०७८ कार्तिक १, सोमबार १५:०२ गते २०७८ कार्तिक १, सोमबार १५:०२ गते २०७८ कार्तिक १, सोमबार १५:०२ गते

काठमाडौं, १ कात्तिक
प्युठान, – मल्लरानी गाउँपालिका-३ जेविनडाँडा बस्ने ३७ वर्षीया गिता घर्तीमगर सोही ठाउँस्थित छिमेकीको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देही, – बुटवल उपमहानगरपालिका-३ पुलचोक डेरा गरी बस्ने रुकुम घर भएकी ३० बर्षीया पार्वती परियार आफ्नै डेरामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

तनहुँ, – ब्यास नगरपालिका-५ हाडिगाँउस्थित बारीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी(पश्चिम), – बर्दघाट नगरपालिका-१३ सन्ताउन्नास्थित नेपाल गण्डक पश्चिम नहर सिचाई प्रणाली कार्यालयको खाली भवनको बरण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ७५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *