सर्लाही, ३१ असोज – बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबिच फेसबुकमामा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियार सहित
फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0