काठमाडौं, ३१ असोज
सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
सप्तरी – सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२ हदिया बस्ने ७० वर्षीय रामेश्वर
चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ लादेस्थित सडकमा प्रदेश ०२-००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर शनिबार दिउँसो दुर्घटना हुँदा दैलेख नारायण
नगरपालिका-११ बस्ने १८ वर्षीय शुशिल रावत लगायत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
कैलाली – टिकापुर नगरपालिका-५ पार्करोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको
मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका-१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन्
। दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
धनुषा – गणेशमान चारनाथ नगरपालिका-२ जुडीस्थित सडकमा बा.४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २
जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका
उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको
छ ।
मकवानपुर – ईन्द्रसरोबर गाउँपालिका-२ लामिबगरस्थित सडकमा ना.१ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर शनिबार
दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका- १६ गोदाबारी बस्ने ६२ वर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुर
बस्ने ५० वर्षीय रामसनही राम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सुमो चालक
सहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
कास्की – पोखरा महानगरपालिका-२६ सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठक्कर खाएर शनिबार
दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका-५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्य बहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लेखनाथ सिटी
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सन्दिप केसीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था
गम्भीर रहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके – खजुरा गाउँपालिका-३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका-४ गाउँ बस्ने ४५ वर्षीया
प्रेम कला सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नसिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0