हिमाली जिल्लाको जिउँदो खसी काठमाडौंको लाजिम्पाटमा

२०७८ कार्तिक १, सोमबार १९:२७ गते २०७८ कार्तिक १, सोमबार १९:२७ गते २०७८ कार्तिक १, सोमबार १९:२७ गते

काठमाडौं / असोज – तिन दिनको कढिन यात्रा पछि कालिकोटबाट ५० भ्याङ्ग्रा खसी लिएर तिलक धितालको समुह काठमाडौं आए। वडा दशैमा खसी र च्याङ्ग्राको माग उच्च भए पनि अभाव भने कायम नै छ।

अघिल्लो बर्ष २५ वटा खसी र च्याङ्ग्रा ल्याएका यस समुहले
यसपटकको दसैंमा दोब्बरको संख्यामा च्याङ्ग्रा,खसी काठमाडौं भित्र्याएका हुन्। जिल्लाका एक दर्जन व्यापारी दसैंका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्लाहरु पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन्। तिब्बतबाट च्याङ्ग्रा नआउँदा केहि फार्म हाउसको सीमित खसी र च्याङ्ग्रा भेडा बजार ल्याइएको छ।

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा.३ मा चौसट्ठी जनाको महिला समुहले संचालन गरेको भर्ता कृषि सहकारी संस्था र त्यहाँ आवद्ध किसान द्वारा उत्पादित खसी,बोका र भ्याङ्ग्रा भर्ता एग्रो फर्म मार्फत काठमाडौं ल्याइएको भर्ता एग्रो फर्मका संचालक समुहका सदस्य पवन कुमार धितालले जानकारी दिए।

काठमाडौंको लाजिम्पाटमा रहेको कोकिना मिठो छ नामक रेस्टुरेन्टमा विभिन्न प्रजातीको खसी,बोका र भेडाको अर्को प्रजाती भ्याङ्ग्राको जिउँदो प्रति केजी एक हजार निर्धारण गरिएको ´कोकिना मिठो छ`का संचालक देवेन्द्र पोख्रेलले बताए।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु. एक हजार ९५० कारोबार सुरु भएको छ। हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ। अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुने भएपनि वडा दसैंमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परासमेत छ।मासु लिन चाहनेले सिधा सम्पर्क गर्न सक्ने छन्
९८४०८७५३२०

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *