स्याङजा, १ कात्तिक – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७ गते कर्तव्य गरी मारेको आरोप लागेका र घटनापश्चात फरार भई भारतमा लुकिछिपी बस्दै आएका उनलाई
जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
उनी उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0