वर्षाको कारण सडक अबरोध

२०७८ कार्तिक १, सोमबार १९:३९ गते २०७८ कार्तिक १, सोमबार १९:३९ गते २०७८ कार्तिक १, सोमबार १९:३९ गते

काठमाडौं, १ कात्तिक
प्युठान – सरूमारानी गाउँपालिका-४ खहरेस्थित भालुवाङ-प्यूठान सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ । सडक अबरोध भएको खबर प्राप्त हुनासाथ
प्रहरी चौकी देविस्थानबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।

अछाम – चौरपाटी गाउँपालिका-६ दुनिभावरस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी
चौखुट्टेबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।

अर्घाखाँची – सन्धिखर्क नगरपालिका-६ दहखोला नजिकै सडकमा आइतबार बिहान पहिरो जाँदा सकड पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भन्ने खबर प्राप्त हुनासाथ
प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

रूपन्देही – देवदह नगरपालिका-९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको घोडाहा खोलाको पक्की पुलको डाईभर्सन सोमबार बिहान खोलाले बगाउँदा सडक अबरोध भएको छ ।
सडक अबरोध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले एकतर्फी सडक सूचारु गराएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *