सवारी दुर्घटनामा १ जनाको मृत्यु, ७९ जना घाइते

२०७८ कार्तिक १, सोमबार २०:०४ गते २०७८ कार्तिक १, सोमबार २०:०४ गते २०७८ कार्तिक १, सोमबार २०:०४ गते

काठमाडौं, १ कात्तिक – नुवाकोट, किस्पाङ गाउँपालिका-५ मानेगाउँस्थित सडकमा बा.४ ख ५७६२ नम्बरको बस अनियन्त्रित भई नालीमा पल्टीएर आइतबार बिहान दुर्घटना हुँदा किस्पाङ गाउँपालिका-५
घर भएका ३३ वर्षीय रमेश तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली हुँदै ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको
हो । दुर्घटनामा घाइते भएका अन्य ३६ जनामध्ये २८ जनाको जिल्ला अस्पताल त्रिशुली, १ जनाको ग्राण्डी अस्पताल काठमाडौं र ७ जनालाई ग्राण्डी अस्पताल हुँदै थप उपचारका लागि
ट्रमा सेन्टर रिफर गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी – मध्यविन्दु नगरपालिका-१० अरुणखोला र दुम्किबास बीचमा लु.१ ख ९४७६ नम्बरको बस अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार ४३ जना
घाइते भएका छन् । घाइतेमध्ये ३९ जनाको जिल्ला अस्पताल मध्यविन्दु डण्डा र ४ जानको स्थानीय दुम्किबास पोलिक्लिनिकमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले घाइतेहरुको उद्दार गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *